बिदेशमा रहेका श्रमिकको पक्षमा प्रवासी नेपाली मञ्चको उत्कृष्ट काम, एक करोडको अक्षय कोष स्थापना

काठमाडौं, चैत १९ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीले बिदेशमा रहेका श्रमिकको उद्धार तथा राहतका लागि एक करोड रुपैयाँको अक्षय कोष स्थापना गरेको छ ।गत बर्षको फब्रुअरीमा मलेसियामा सम्पन्न भौतिक बैठकको निर्णय कार्यान्वयन गर्दै ओएनएफ अन्तराष्ट्रिय कमिटीले मंगलवार कुमारी बैंकमा एक करोड रुपैयाँको श्रमिक उद्धार कोष स्थापना गरेको हो ।

मलेसियामा सम्पन्न बैठकले राहत कोष स्थापनाका लागि कार्यबिधि निर्माण र रकम संकलनका लागि अन्तराष्ट्रिय कमिटीका सदस्य शालिग्राम पन्तको संयोजकत्वमा समिति गठन गरेको थियो । पन्त नेतृत्वको समितिले एक बर्षमा सवै कार्यबिधि पूरा गरेपछि अध्यक्ष सञ्जय थापाको हस्ताक्षरमा काठमाडौंको कुमारी बैंकमा एक करोड रुपैयाँ जम्मा गरी कोषको सुरुवात गरिएको हो ।

ओएनएफ अन्तराष्ट्रिय कमिटीले श्रमिक राहत कोष बढाउँदै जाने नीति लिएको छ । सो खाता अध्यक्ष थापा, श्रमिक राहत कोष सञ्चालक समितिका संयोजक शालिग्राम पन्त (बहराइन) को संयुक्त हस्ताक्षरबाट सञ्चालन गरिएको छ । पन्त नेतृत्वको सञ्चालक समितिमा रबि बञ्जाडे (कुवेत) र दिपक सापकोटा (अमेरिका) रहनुभएको छ ।

प्रवासमा रहेका नेपाली श्रमजिवि पिडित मजदुरको पक्षमा प्रवासी नेपाली मञ्च छ भन्ने सन्देश प्रवाह गर्न गत बर्ष मलेसियाको राजधानी क्वाललम्पुरमा सम्पन्न अन्तराष्ट्रिय कमिटीका भौतिक बैठकले कोष स्थापनाको निर्णय गरेको अध्यक्ष सञ्जय थापाले बताउनु भयो ।

प्रवासी नेपाली मञ्चका अनुसार अन्तराष्ट्रिय कमिटी, बिभाग र महादेश कमिटीका सदस्यहरुको एक बर्षका लेबी र हाल सञ्चालन भइरहेको राफल सहयोगबाट बचत रकम गरी एक करोडको श्रमिक राहत कोष स्थापना गरिएको हो ।

‘प्रवासमा रहेका नेपालीलाई समस्या पर्दा तत्कालै उद्धार तथा राहतका लागि पहल गर्न सकियोस र सघाउन सकियोस भनेर प्रवासी नेपाली मञ्चले आज हामीले यो हाम्रो काम सम्पन्न गरेका छौं । योनिकै ठूलो ड्रिम प्राजेक्ट हो,’ कोष स्थापनापछि अन्तराष्ट्रिय कमिटीका अध्यक्ष थापाले भन्नुभयो, ‘कोष स्थापनाका लागि सघाउने सवै राष्ट्रिय कमिटी र प्रवासी नेपाली मञ्चका सदस्यहरुमा यसको श्रेय जान्छ ।’

अध्यक्ष थापा कोष स्थापनासहित संगठनको अति आवश्यक कामका लागि यतिबेला अमेरिकाबाट नेपाल आउनु भएको छ । गत बर्ष अर्थात सन २०२४ को फेव्रुअरीमा मलेसियामा बसेको मञ्चको भौतिक बैठकले मलेसिया र मध्यपूर्वमा नेपाली नागरिक कामदारको रूपमा गएका र बिविध कारणबस पीडित हुनुभएका श्रमजिवी मजदुरहरूको समस्यालाई मलम लगाउने सन्दर्भमा उक्त बैठकले सुष्म ढंगबाट छलफल गर्नुका साथै श्रमजिवी पिडित मजदुरहरूको सहयोगको लागि एक करोड रूपैयाको अक्षय कोष स्थापना गरी पीडित श्रमिकलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटिले उक्त भौतिक बैठकको निर्णयलाई कार्यान्वयन गर्दै प्रवासमा रहेका नेपाली श्रमजिवि पिडित मजदुरको पक्षमा प्रवासी नेपाली मञ्च छ भन्ने सन्देश प्रवाह गरिएको छ । ओ