प्रवासी नेपाली मञ्चको इतिहास

नेपालमा अध्ययन वा रोजगारीका लागि विदेश जाने प्रचलन धेरै पहिलेदेखि नै सुरु भएको पाइन्छ। पहिलोपटक १९४० मा नेपालीहरू संयुक्त राज्य अमेरिकामा आप्रवासी बनेका थिए भने, बेलायत भ्रमण गर्ने पहिलो नेपाली १८५० मा प्रधानमन्त्री जंगबहादुर राणा थिए। समयक्रमसँगै, नेपालीहरू अध्ययन, रोजगारी, र सरकारी कार्यक्रमका सिलसिलामा विश्वका विभिन्न मुलुकमा बसोबास गर्न पुगे।

नेपालीहरूको सामाजिक र संगठनात्मक सोचले विभिन्न देशहरूमा प्रवासी नेपाली संघ-संस्थाहरू गठन गरिएका छन्। भारतमा ५ मे १९६६ मा प्रवासी नेपाली संघको स्थापना भएको थियो भने १९९३ मा हङकङमा फियोना (FEONA) र १९९४ मा जापान र दक्षिण कोरियामा प्रवासी कमिटी गठन भए। अमेरिकामा अध्ययनका लागि गएका विद्यार्थीहरूले १९९८ मा संस्था गठन गरे। त्यसपछि, अस्ट्रेलियामा २००२ मा, वेलायतमा २००४ मा NDF नाम राखी, र बेल्जियममा २००५ मा नेपाली संघहरू स्थापना भए।

नेपाली प्रवासी संगठनहरूलाई एकीकृत गर्न २०१२ मा "प्रवासी नेपाली मञ्च" नाम राखी यो संस्थालाई एकरूपता दिने प्रयास सुरु भयो। २०१४ मा नेकपा (एमाले) को ९औँ महाधिवेशनमा अन्तर्राष्ट्रिय नेपाली संगठनको आवश्यकताको विषय उठे पनि महादेशस्तरमा मात्र कमिटी गठन भयो।

१३ चैत्र २०७७ मा भक्त गुरुङको अध्यक्षतामा पाँच सदस्यीय अन्तर्राष्ट्रिय कमिटी स्थापना भयो। यस कमिटीले विधान निर्माण, कोभिड महामारीका क्रममा गण्डकी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने, र २०२२ को नोभेम्बरमा काठमाडौंको बुढानिलकण्ठमा पहिलो अधिवेशन सम्पन्न गर्दै ३१ सदस्यीय स्थायी कमिटी गठन ग¥यो। हालसम्म २२ वटा अन्तर्राष्ट्रिय विभाग, ५ महादेश कमिटी, ३७ राष्ट्रिय कमिटी, र विभिन्न देशका क्षेत्रीय तथा नगरस्तरीय कमिटीहरू सक्रिय छन्।

प्रवासी नेपाली मञ्चले नेपालको विकास, नेपाली प्रवासीको हक-अधिकार, र नेपालप्रति प्रेमलाई निरन्तर रूपमा प्रवर्द्धन गर्दै आएको छ।