संजय थापा
अध्यक्ष
प्रवासी नेपाली मन्च, अन्तर्राष्ट्रिय कमिटि

अध्यक्ष ज्यू को शुभकामना !

नेपालवाट प्रवासमा रोजगारी, पेशा व्यवसाय वा अध्यनको लागि स्थाई वा अस्थाई रुपमा वसोवास गरिरहेका नेपालीहरु विच आपसी सद्भाव, मित्रता र सहयोग आदान प्रदान गराउने र प्रवासमा रहेका नेपालीहरुको समस्य वुझि आवस्यकता अनुसारको पहल गर्ने र प्रवास तथा नेपालमा प्रवासी नेपालीहरुको हक अधिकारको लागि र नेपालको कला, संसकृति र भाषाको संरक्षण तथा प्रचारको र नेपालको पर्यटन उधोग व्यवसायलाई प्रत्साहन गरी प्रवासमा आर्जन गरेको ज्ञानशिप पुंजीलाई नेपाल सम्म पुर्याई संवृद्ध नेपाल सुखी नेपालको राष्ट्रिय आकंक्षालाई सहयोग पुर्याउने उद्धेश्यले प्रवासमा रहेका देशभक्त, लोकतान्त्रिक र प्रगतिशील नेपालीहरुको विच एउटा संस्थाको आवस्यकता परेकोले प्रवासी नेपाली मन्चको गठन गरिएको हो !

प्रवासी नेपाली मन्च संसारी भरी ९० कै दसक देखी राष्ट्रिय कमिटीको रुपमा गठन भई संचालन भई रहेको देखिन्छ र २००० साल पछि धेरै राष्ट्रहरुमा विकास र विस्तार भई हाल अमेरीका, युरोप, अष्ट्रोलिया, मध्यपूर्वी एसिया र एसिया प्यासशिफिक गरी ३७ वटा देशमा कृयाशिल छ।

आज हामी Website निर्माण गरी प्रवासी नेपाली मन्चको संसार भरी राष्ट्रिय कमिटीको माध्यमवाट होस वा माहादेश कमिटीको माध्यमवाट होस वा अन्तर्राष्ट्रिय कमिटीको माध्यमवाट होस नेपाल र नेपालको लागि गरिएको कामहरुको प्रचार प्रशारमा लाग्ने छौ र यो Website निर्माण पस्चात हाम्रो निति, कार्यक्रमा र हाम्रो गतिविधिहरु सम्पुर्ण जनमानसमा सहज पुग्ने छ भन्ने उद्देश्य पनि पुरा हुने आशा गरेका छौ।

अन्तमा, प्रवासी नेपाल मन्च, अन्तर्राष्ट्रिय कमिटी, ज्ञानशीप विभागले सकृयतामा Website निर्माणमा भुमिका खेलेकोमा हार्दिक धन्यवाद दिन चाहन्छु साथै Website निर्माण मा सहयोग गर्ने NEPA-IT LLC लाई पनि हार्दिक धन्यावाद व्यक्त गर्दै सवको सहयोग सदा यो संस्थाले पाईरहने आशा र विश्वास गर्दछु ! यसैको माध्ययम बाट हामीलाई आवस्यक सुक्षाव र स्वच्छ आलोचनाको पनि अपेक्षा गर्दछौ। धन्यवाद

ONF भिडियो

Follow Us on Facebook


सूचना शीर्षक

आजको बिशेष

प्रवासीको अबको आन्दोलन “नेपाली नागरिकताको निरन्तरता”

आजकल नेपालमा जता ततै मान्छे बिदेसिए भन्ने चर्चा छ र चिन्ता सुनिन्छ । नेपालबाट रोजगारी वा अध्ययनको लागि विदेश जाने चलन अहिले मात्र भएको हो हिजो थिएन ?

अझै हेर्नुहोस् ›
विदेश बस्ने नेपालीसमक्ष ओलीले भने, ‘प्रचण्ड र माधव नेपाल विकाउ माल हुन्’

वासिंगटन डिसी। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई विदेशीका लागि विकाउ माल भएको आरोप लगाएका छन्।

अझै हेर्नुहोस् ›
कम्युनिष्ट सरकार ढालेर सत्ता सुम्पनेले समाजवाद ल्याउँन सक्दैनन् : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको नेतृत्वमा रहेको कम्युनिष्ट सरकारलाई ढालेर अर्को दलको नेतृत्वमा सरकार बनाउनेले मुलुकमा समाजवाद ल्याउन नसक्ने टिप्पणी गरेका छन् ।

अझै हेर्नुहोस् ›
विदेशमा जाँदा राजनीतिक अधिकार डिसेबल, नेपाल आउँदा ईनेबल : केपी शर्मा ओली

मेलबर्न, अष्ट्रेलिया । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशमा बस्ने नेपालीहरुलाई नेपालमा राजनीतिक अधिकार बाहेक सबै अधिकार प्रदान गरिने बताउनुभएको छ । सन् २०२२ को नयाँ व

अझै हेर्नुहोस् ›