प्रवासी नेपाली मञ्चको प्रथम अन्तराष्ट्रिय अधिवेशन

"सवल प्रवासी, समृद्ध नेपाल र सुखी नेपाली"

“सवल प्रवासी, समृद्ध नेपाल र सुखी नेपाली” भन्ने नारासहित यहि कार्तिक १९ र २०, २०७९ काठमाडौं नेपालमा प्रवासी नेपाली मञ्चको प्रथम अन्तराष्ट्रिय अधिवेशन सम्पन्न भएको छ। यही कार्तिक १९ गते उद्घाटन सत्र र २० गते बन्दसत्र गरी दुई दिनसम्म चलेको उक्त अधिवेशनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष कमरेड केपी शर्मा ओलीले गर्नुभएको थियो।

पहिलो दिन उद्घाटन सत्र सकेपश्चात् साँझ मञ्चको कला, साहित्य तथा संस्कृति विभागद्वारा आयोजित विविध साँस्कृतिक कार्यक्रम र रात्रिभोजको आयोजना गरियो। विश्वका ३७ वटा देशका ३०० जनाको सहभागितामा सम्पन्न उक्त अधिवेशनको पहिलो दिन दोश्रो दिनको बन्दसत्रमा राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदनमाथि पाँचवटा समूह बनाइ छलफल गरिएको थियो।