प्रवासी नेपाली मञ्च
प्रथम अन्तराष्ट्रिय अधिवेशन
कार्तिक १९ र २०, २०७९, काठमाडौं
“सवल प्रवासी, समृद्ध नेपाल र सुखी नेपाली” भन्ने नारासहित यहि कार्तिक १९ र २०, २०७९ काठमाडौं नेपालमा प्रवासी नेपाली मञ्चको प्रथम अन्तराष्ट्रिय अधिवेशन सम्पन्न भएको छ। यही कार्तिक १९ गते उद्घाटन सत्र र २० गते बन्दसत्र गरी दुई दिनसम्म चलेको उक्त अधिवेशनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष कमरेड केपी शर्मा ओलीले गर्नुभएको थियो।
पहिलो दिन उद्घाटन सत्र सकेपश्चात् साँझ मञ्चको कला, साहित्य तथा संस्कृति विभागद्वारा आयोजित विविध साँस्कृतिक कार्यक्रम र रात्रिभोजको आयोजना गरियो। विश्वका ३७ वटा देशका ३०० जनाको सहभागितामा सम्पन्न उक्त अधिवेशनको पहिलो दिन दोश्रो दिनको बन्दसत्रमा राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदनमाथि पाँचवटा समूह बनाइ छलफल गरिएको थियो।
दोश्रो दिनको छलफलको टिपोट गर्न निम्न अनुसार बनाइएको बहस नोट कमिटी द्वारा तयार पारिएको प्रतिवेदन संलंग गरिएको छ.
- ई. विजयराज भट्टराई, अमेरिका
- डा. सरोज कंडेल, जापान
- डा. चिरन्जीवी खड्का, चेज रिपब्लिक
- कमल ओझा, अमेरिका
- डा. मुकुन्द बास्तोला, वेलायत
- विनोद भट्टराई
हामी प्रविधिले गाँजेको युगमा छौं। कम्प्युटर साक्षरताको जमाना छ, अन्तरिक्ष पर्यटनको शुरुवात भइसकेको छ। विश्वको यो बदलावसँगै हामी र हाम्रो मातृभूमि नेपाललाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने अभिप्रायसहित प्रवासमा संगठित भएका छौं।
अध्यक्ष मण्डलका अध्यक्ष क.अष्टलक्ष्मी शाक्यले सम्मेलन विधि, विधान, संस्थागत प्रक्रिया र नीति अनुसार अघि बढाउन र जनताको बहुदलीय जनवाद हाम्रो मार्ग निर्देशक सिद्दान्त रहने मानेर अघि बढ्न निर्देशन दिनुभयो। साथै, नयाँ आउने नेतृत्व यथास्थितिवादी नरहोस्, नयाँ सोच लिएर नयाँ अवधारणा सहित प्रस्तुत होस् भन्ने अपेक्षा रहेको वताउदै शुभकामना व्यक्त गर्नुभयो।
बन्द सत्रमा सम्मेलनमा अमेरिकाबाट ५२, युरोपबाट ५०, मध्यपूर्व ४०, पूर्वी एशिया ३० र ओशियाना बाट २० गरि जम्मा १९२ प्रतिनिधि तथा अन्य पर्यवेक्षकहरु गरि ३०० जनाको सहभागिता रहेको थियो। बन्द सत्रमा तत्कालिन अध्यक्ष भक्त गुरुङ्गले राजनैतिक प्रतिवेदन, सचिव रमेश पाण्डेले संगठनात्मक प्रतिवेदन र आर्थिक विभाग प्रमुखले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। तत् पश्च्चात ५ वटा समुह बनाई प्रस्तुत राजनैतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र आर्थिक प्रतिवेदनमा पाचवटै टोलीका प्रमुखले आफ्नो टोलीमा भएको छलफलको निचोड प्रस्तुत गर्नुभयो।
प्रतिनिधिहरुद्वारा प्रस्तुत गरिएका सुझाव
- (१) कार्यसमितिको कार्यकाल प्रवासमा बस्नेहरुको हकमा ४ बर्ष निकै लामो देखिन्छ। बढीमा ३ वर्ष बनाउन सुझाव।
- (२) अन्तराष्ट्रिय कमिटि भएको हुँदा सचिवको साटो महासचिव बनाइयोस।
- (३) अन्तराष्ट्रिय कमिटिका हिसावले सदस्य तथा पदाधिकारीको संख्या थोरै देखिन्छ। पूरा कमिटि ३१ सदस्यीय र सोही अनुपातमा पदाधिकारी राखियोस, बढाउन सुझाव।
- (४) तुलनात्मक रुपमा संगठनमा युवाहरुको संख्यामा कमि देखिन्छ। युवाहरुलाई समेट्ने कुनैकुरा नलेखिएको हुँदा युवा सम्बन्धी विधानमै बिशेष व्यवस्था गरियोस।
- (५) अन्य समावेशिताका कुराहरु पनि खुलाएर प्रष्ट पारियोस , समेटियोस।
- (६) धारा २५.२ मा "बढी" शब्द हटाउने।
- (७) धारा २५ मा अन्तराष्ट्रिय कमिटीमा १ र राष्ट्रिय कमिटीमा ३ ब्यबस्था रहेकोमा अन्तराष्ट्रिय कमिटीमा समेत ३ को व्यवस्था गरियोस।
- (८) बर्षको कम्तिमा एक पटक फिजिकल मिटिङ्ग गरिनुपर्ने कुरा थपियोस।
- (९) पार्टी सदयता रहेका धेरै साथीहरु संगठनको सदस्य नरहेको हुँदा, यो खाडललाई समन्वय गरियोस र हरेक प्रवासमा रहेको पार्थी सदाय ONF को सदस्य रहनु पर्ने व्यवस्था गरियोस।
राजनैतिक प्रतिवेदनमा प्रस्तुत सुझावहरु
- (१) राष्ट्रिय निर्वाचनको वारेमा प्रतिवेदन मौन छ, हाम्रो सहभागिता र सहयोगका बारेमा भए गरेका प्रगति समेटियोस।
- (२) Skill Transfer सम्बन्धी केही कार्यहरु भएकाछन ती पनि समेटियोस।
- (३) प्रतिवेदनमा पार्टीका धरोहर कमरेडहरुको नाम छुटेको छ , थपियोस।
- (४) महिलाहरुको समस्याहरुलाई समेट्न नसकेको।
- (५) संगठन स्थापना र विस्तारको इतिहास प्रतिवेदनमा राखिएको भए पनि Chronological Order नमिलेको हुँदा मिलाउनु पर्ने र केही विस्तारको इतिहास पूर्णता आवश्यक।
- (६) NRN का सम्बन्धमा थप प्रष्ट दृष्टिकोण राख्नु पर्ने।
- (७) सदस्यता कसरी बढाउन सकिन्छ भन्नेकुराको प्रष्ट रोडम्याप हुनुपर्ने।
- (८) बिभागहरुको कार्य र रोडम्याप सम्बन्धी कुराहरु थपिनु पर्ने।
- (९) एक पटकको नेपाली सधैको नेपाली को मागलाई दह्रो रुपमा प्रस्तुत गर्नुपर्ने।
- (१०) सहधर्मी संस्थाहरु जनसम्पर्क मंच र जन सांस्कृतिक मंच संगको हाम्रो कार्यगत सम्बन्धको बारेमा मौन छ। समेटिनु पर्ने।
- (११) भावी राजनीतिक दृष्टिकोणको बाटो प्रष्ट उल्लेख छैन, थपियोस।
- (१२) नेपालमा प्रवासमा नागरिकता लिइसकेका नेपालीहरुको राजनैतिक अधिकार बाहेकका सामाजिक तथा आर्थिक अधिकार अन्य नेपाली सरह पाउने कुरा जोडदार रुपमा उठाइयोस।
- (१३) जहाँ नेपाली त्यहाँ एमाले भन्ने नारा माथि छलफल चलाइयोस।
- (१४) सवै खालका प्रतिवेदनहरु कम्तिमा सम्मेलनको ३० दिन पूर्व नै सम्बन्धित देशहरुमा डिजिटल कपि पठाएर, राष्ट्रिय र महादेशीय कमिटिको रिभ्यु र सुझाव पछि मात्र सम्मेलनमा प्रस्तुत गरिनुपर्ने।
- (१५) संस्थाको आफ्नो जानकारी मुलक प्लेटफर्म (वेबसाइट) निर्माण गरियोस।
- (१६) आफू अनुकुल नेता बोलाएर राष्ट्रिय तथा राज्य कमिटिको अधिवेशन गर्ने परम्परालाई नियन्त्रण गरियोस।
संगठनात्मक प्रतिवेदनमा प्रस्तुत सुझावहरु:
प्रस्तावित सुझावहरू
यो अधिवेशन आगामी ४ वर्षको लागि क. सञ्जय थापाको नेतृत्वमा निम्नानुसारको नयाँ अन्तर्राष्ट्रिय कमिटी सर्वसम्मत चयन गर्न सफल भएको छः
सदस्यहरूको सूची
क्र.सं. | पद | नाम |
---|---|---|
१ | अध्यक्ष | क. सञ्जय थापा |
२ | उपाध्यक्ष | क. रमेश पाण्डे |
३ | सचिव | क. हेम शेर्पा |
४ | उपसचिव | क. चानक पोख्रेल |
५ | उपसचिव | क. कर्ण शाही |
६ | सदस्य | क. डा. बिमला भण्डारी |
७ | सदस्य | क. शिव बरुवाल |
८ | सदस्य | क. गोविन्द पौडेल |
९ | सदस्य | क. राजेन्द्र शिवाकोटी |
१० | सदस्य | क. डा. सरोज कंडेल |
११ | सदस्य | क. सुरेश केसी |
१२ | सदस्य | क. सुरेन्द्र थपलिया |
१३ | सदस्य | क. डा. विनोद श्रेष्ठ |
१४ | सदस्य | क. विजय कुमार फुँयाल |
१५ | सदस्य | क. शिशिर नेपाल |
१६ | सदस्य | क. कल्पना त्रिपाठी |
१७ | सदस्य | क. सन्जु केसी पौड्याल |
१८ | सदस्य | क. सरस्वती केसी |
१९ | सदस्य | क. ज्योतीदेवी शर्मा |
२० | सदस्य | क. जानकी कार्की |
२१ | सदस्य | क. हेमराज जोशी |
२२ | सदस्य | क. ढुण्डीराज पाण्डेय |
२३ | सदस्य | क. महेश गिरी |
२४ | सदस्य | क. तिर्थ गौतम |
२५ | सदस्य | क. कुन्ती थापा |
२६ | सदस्य | क. कमलमणि गुरागाईं |
२७ | सदस्य | क. बलराम गिरी |
२८ | सदस्य | क. पुरुषोत्तम बोहरा |
२९ | सदस्य | क. राजेन्द्र पुडासैनी |
घोषणाहरु
- १. मुलुकको वर्तमान परिस्थितिमा जनताको पक्षमा सही निर्णय र नेतृत्व गर्दै आएको पार्टी नेकपा (एमाले) को पक्षमा अत्यधिक बहुमतले विजय गराउन सूर्य चिन्हमा मतदान गर्नको लागि सबै मतदाताहरु सामू आह्वान गर्दछ।
- २. नेपालमा रहनुभएका सबै प्रतिनिधि तथा सदस्यहरुलाई चुनावी अभियानमा सम्बन्धित भूगोलमा क्रियाशील रहन निर्देशन गर्दछ।
- ३. नेपाली नागरिकताको निरन्तरता र प्रवासमा रहेका नेपालीहरुले प्रवासबाटै आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्थाको लागि यस अधिवेशन नेपाल सरकारसँग माग गर्दछ।
- ४. सुरक्षित आप्रवासन र श्रमिकका हकहितका लागि सम्बन्धित राष्ट्रका कूटनीतिक नियोगसँग प्रवासी नेपाली मञ्चले समन्वय गरी काम गर्ने प्रतिबद्धता जाहेर गर्दछ।
- ५. विप्रेषणलाई नियमन गरी विदेशी मुद्रालाई वैध माध्यमबाट मुलुकमा भित्र्याई मुलुकको वैदेशिक मुद्रा संचितिमा सहयोग पु¥याउन सबैलाई आह्वान गर्दछ।
- ६. ज्ञान र सीपको स्थानान्तरण (Knowledge and Skill Transfer) लाई प्राथमिकतामा राखी मातृभूमिको समृद्धिको निमित्त उपयोग गर्न प्रतिबद्धता जाहेर गर्दछ।
- ७. प्रवासमा आर्जन गरेको पूँजीलाई मातृभूमिमा उपयोग गर्न र ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न लगानी गर्न आह्वान गर्दछ।
- ८. प्रवासी नेपाल मञ्च लगानी कोष (ONF Investment Fund) सञ्चालन गर्नका लागि ने.रु. १ अर्ब संकलन गर्नेछ।
- ९. प्रवासी नेपाली मञ्च नेपालमा दर्ता गरी सामाजिक र कल्याणकारी गतिविधिहरु शुरु गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।
- १०. प्रवासी नेपालीहरुको गतिविधिलाई थप प्रभावकारी बनाउन नेपालमा प्रवासी नेपाली भवन निर्माण गर्न ने.रु. २० करोड संकलन गर्ने प्रतिबद्धता जाहेर गर्दछ।
- ११. विश्व शान्तिको लागि युक्रेन र रुसको युद्ध यथाशीघ्र अन्त्यको लागि संयुक्त राष्ट्रसंघसमक्ष यस अधिवेशन आह्वान गर्दछ।
- १२. अधिवेशन सम्पन्न गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैमा यो अधिवेशन हार्दिक आभार व्यक्त गर्दछ।
यस अधिवेशनको उद्घाटन सत्रमा हाम्रो निमन्त्रणालाई स्वीकार गरी हौसला प्रदान गर्न उपस्थित हुनु भएकोमा हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले) का श्रद्धेय अध्यक्ष क. केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष क. ईश्वर पोखरेल, उपाध्यक्ष क. अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख क. खगराज अधिकारी, स्थायी कमिटी सदस्य तथा प्रवास इन्चार्ज क. डा. राजन भट्टराईलगायत पार्टीका नेताहरु र अथितिहरुमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं।
साथै, बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष क. अष्टलक्ष्मी शाक्यलगायत अध्यक्ष मण्डलका सम्पूर्ण सदस्यहरुप्रति आभार तथा धन्यवाद व्यक्त गर्दछौं।