अध्यक्ष ओलीद्वारा प्रवासी नेपालीहरुको राष्ट्रप्रतिको योगदानको प्रशंसा

काठमाडौँ, १८ पुस । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रवासी नेपालीहरुको राष्ट्र प्रतिको योगदानको प्रशंसा गरेका छन् ।प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीद्वारा नयाँ वर्ष २०२२ को उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले प्रवासी नेपालीहरुले विभिन्न अवस्थामा गरेको योगदानको प्रशंसा गरेका हुन् ।प्रवासी नेपालीहरुले कोरोना महामारीसहित देश भित्रका आपदविपदमा गरेका सहयोग लगायत नेपाल र नेपालीको हितमा गरेका कार्यलाई धन्यवाद दिँदै अध्यक्ष ओलीले नयाँ वर्षमा राष्ट्रका लागि थप योगदान गर्न आव्हान समेत गरेका छन् ।भर्चुअल माध्यबाट भएको कार्यक्रमा ओलीले अंग्रेजी नयाँ वर्षको शुभकामना दिएका छन् ।ओलीले एमालेको विभाजनमा एमालेलाई स्पष्ट साथ र सहयोग दिने प्रवासमा रहेको नेपाल समुदायलाई धन्यवाद समेत व्यक्त गरे ।

उनले प्रवासी नेपाली मञ्चलाई विशेष धन्यवाद दिँदै प्रवासको कमिटीको जोश जाँगरले नेपालमा समेत विभाजनका विरुद्ध खडा हुन मनोवल प्राप्त भएको बताए ।ओलीले देश बाहिर बसेर देशको राजनीतिलाई सहि ढंगले विश्लेषण गर्ने बुझ्ने त्यस अनुसार सहि कुरामा साथ दिएर अगाडि बढेकोमा प्रवासीहरुको सरहाना र धन्यवाद व्यक्त गरे ।नेपालको राजनीतिको विषयमा बोल्दै ओलीले सन् २०२१मा नेपालमा समृध्द नेपाल निर्माणमा लागेको सरकारलाई हटाएर देशद्रोही सरकार निर्माण गर्ने वर्ष भएको बताएका छन् ।ओलीले नयाँ वर्ष २०२२ मा नेपाली जनताले वर्तमान देशद्रोही गठबन्धन सरकार हटाएर समृद्ध नेपाल बनाउने एमालेको बहुमतको सकार बन्ने बताएका छन् ।अध्यक्ष ओलीले वर्तमान गठवन्धन सरकारले भारतलाइ खुशी पार्नका लागि साझा कार्यक्रममा लिम्पियाधुरा कालापानीलाई समस्या मात्र भनेको र फिर्ता ल्याउने कुरा नगरेको बताउँदै देशमा एमाले सरकारले शुरु गरेको विकासका १४०० वटा भन्दा बढि आयोजना खारेज गरेका लगायत कुरा राष्ट्रघाती भएकाले आफुले देशद्रोही सरकार बताएको बताए ।एमाले विभाजन प्रतिलक्षित गर्दै ओलीले कोरोना भन्दा एमालेबाट बाहिरिएका भाइरसले देशमाको हानी पर्याएको बताए । ओलीले आगामी माघ १२ को राष्ट्रिय सभाको निर्वाचन एमालेका लागि अन्तिम धक्का हुने बताए । उनले यो निर्वाचनले नयाँ जनमतको प्रतिनिधित्व नगर्ने बताए ।

तर आगामी आम निर्वाचनहरुमा जनताले मतदान गर्ने निर्वाचनहरुमा भने एमाले पहिलो हुने बताए । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले माओवादीको जारी महाधिवेशन तर्फ इकित गर्दै सामाजवादको नेपाली बाटो भनेको आफ्नै सरकार भत्काएर एउटा चोइटो लिएर अरुका पछाडि कुद्नु समाजवाद हो भनेर प्रश्न गरे ।प्रवासी नेपालीहरुको चासोको विषय रहेको गैरआवासीय नागरिकको द्बैध नागरिकता बारेमा ओलीले विदेशी नागरिकता लिएकालाई राजनीति अधिकार बाहेकको र विदेशी नागरिकता त्यागेमा सम्पुर्ण अधिकार सहितको नागरिकता दिन सकिने बताए ।

कार्यक्रममा एमाले विदेश विभाग प्रमुख तथा प्रवास इन्चार्ज राजन भट्टराइले नयाँ वर्षको शुभकामना दिँदै कोरोना संकटको बेलामा प्रवासी नेपाली मञ्चले गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमामा पनि समृद्ध नेपाली खुशी नेपाली बनाउने अभियानमा साथ दिन आग्रह गरे ।प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कमिटीका सचिव रमेश पाण्डेले गरेका थिए ।कार्यक्रममा कमिटीका सदस्य डा.विमला भण्डारीले स्वागत तथा नेपाली राष्ट्रिय गानबाट शुरु गरिएको कार्यक्रममा खड्ग न्यौपानेले गित प्रस्तुत गरेका थिए ।